काठमाडौँ २३ असार
संगीतकार अर्जुन पोखरेलको संगीतमा ‘मैले सम्झिने मान्छे’ बोल रहेको गीत सार्वजनिक भएको छ ।
गीतमा नेपाल आइडल सिजन ५ का बिजेता करण परियार र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । डा. बिष्णु दाहालको शब्द रहेको गीतमा महाराज थापाको एरेन्ज रहेको छ भने नरेस बिबिसीले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
उक्त गीतमा सितल वाग्ले र सनिसा भट्टराईको रोमान्स देख्न सकिन्छ भने गीतमा मान कृष्ण महर्जन र पवन सुस्लिङको छायांकन रहेको छ । विकास धमलाको सम्पादन, राज किङ वाइबाको कोरियोग्राफी रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।