मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ

काठमाडौँ  २३ असार

हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् ।भक्तपुर प्रहरी परिसरको टोलीले आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।

मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् ।

२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् ।

प्रहरीले ढकाललाई साइबर सम्बन्धी अपराधको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ।