नारायणी नदीमा फसेका दुईजनाको सकुशल उद्धार

काठमाडौं  २३ असार 

नारायणी नदीमा फसेका दुईजनाको प्रहरीले सकुशल गरेको छ ।

शनिबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६, बुटवल बजारस्थित नारायणी  नदीको भंगालमा माछा मार्ने क्रममा फसेका उनीहरूको करिब पाँच घण्टापछि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार गरिएकाहरूमा गैडाकोट नगरपालिका–५ का ५० वर्षीय ओमबहादुर गुरुङ र ४२ वर्षीय खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५ वर्षीय रमेश बोट भने पौडिएर निस्किएका थिए ।