चितवन २२ असार
चितवनमा हाल विद्यमान रगतको अभावलाई केही हदसम्म पुरा गर्ने हेतुले चितवन ड्राइभिङ स्कुल ब्यवसायी संघको आयोजना तथा सेन्ट्रल कलेजको सहयोगमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“रक्तदान, जीवनदान”भन्ने नारालाई आत्मसात गर्दै भरतपुरको चौविसकोठीमा आयोजना गरिएको उक्त कार्यक्रममा ५१ जनाले रक्तदान गरेका संयोजक कृष्ण प्रसाद बरालले जानकारी दिनु भयो ।
यातायात व्यवस्था कार्यालयका प्रमुख पदम प्रसाद बजगााइ प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा वडा नम्बर १० का अध्यक्ष परमेश्वोर खनाल , सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेल रहनु भएको थियो ।
राजेन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको उक्त कार्यक्रम चितवन ड्राइभिङ स्कुलका अध्यक्ष मनोज कुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको िथयो ।
