रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं २२ असार 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार विहान साढे ९ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।