एमाले अध्यक्ष ओलीको सुरक्षार्थ खटिएका इन्स्पेक्टर थापाको मृत्यु

काठमाडौं २२ असार 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ । भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा इन्स्पेक्टर उमेश थापा मृत अवस्थामा भेटिएको बताइएको छ । लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्युको कारण खुल्न सकेको छैन ।