भानु २२ असार
आदिकवि भानुभक्त आचार्यको २११औ जन्मजयन्तीको अवसरमा प्रतिष्ठित १७औं भानु कप राष्ट्रिय फूटबल प्रतियोगिता तथा विविध खेलकुद कार्यक्रम हुने भएको छ । “भानु जाऔ फुटबलमा रमाउँ” भन्ने मूल नाराका साथ भानुकप आयोजना गरिएको हो। भानु–१ भन्सार स्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिता असार २९ गतेबाट सुरु हुनेगरी तयारी तीव्र गतिमा भएको छ। यस संस्करणमा मात्र २४ टिम सहभागी हुनेछन्, टिम दर्ता रु १० हजार रहेको छ।
प्रतियोगिताको फुटबलतर्फ विजेताले उपाधिसहित नगद २ लाख ५० हजार २ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार २ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनहि २५ हजार २११ प्रदान गरिने खेल संयोजक भरत बानियाँले जानकारी दिए ।
साथै विविध खेलतर्फ छेलो र बागचाल खेललाई पनि आकर्षक उपहार घोषणा गरिएको छ ।
भिमसेन युवा क्लब र सालबिस्ने युवा क्लबको सह–आयोजनामा हुने प्रतियोगिता कै अवसर पारी विविध खेलकुद कार्यक्रमहरु संचालन गरिने कार्यक्रमका मूल संयोजक बिष्णु अधिकारीले जानकारी दिए ।