राप्ती नदिको बाढीमा फसेकामध्ये एक जना बेपत्ता, दुई जनाको उद्दार

दाङ २२ असार  

लमही नगरपालिका-७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना वेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका-२ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीकाे बाढीमा फसेका थिए। तीन जनासँगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।

राजपुर-२ निवासी ४८ बर्षिय तुलाराम यादव र ४० बर्षिय दयाराम यादवको उद्दार गरिएको छ । उनिहरुसँगै साथमा रहेका १८ बर्षिय राजकुमार यादवलाई बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।