पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं  २१ असार

नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ । असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया पटक पटक स्थगित हुँदै आएको छ ।