सिन्धुपाल्चोकमा इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते

काठमाडौँ २१ असार

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ । बाँकी २ जना बेपत्ता रहेको र खोजीसँगै उद्धारको प्रयास भइरहेको छ । मजदुरहरूले ढलान गर्दागर्दै भत्किएको हो । उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्‍याइएको छ । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माण सुरु भएको हो ।