रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

सुर्खेत  २० असार 

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजंग रावल रहेका छन् ।

रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक डुबेको अवस्थामा रावल मृत भेटिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए।

उनका अनुसार पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको हो ।