सुनको मूल्य तोलामा १६ सयले बढ्यो

काठमाडौं २० असार 

नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सयले  बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी आज ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।