काठमाडौं २० असार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्रका कारण कांग्रेस–एमालेको गठबन्धन बनेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिले परिस्थिति आउनमा कसैको हात नभएको र विश्वास गर्न योग्य नभएका प्रचण्डको अस्थीर चरित्रका कारण उत्पन्न भएको बताएका छन् ।
प्रचण्डले एमालेसँग पछिल्लो पटक गठबन्धन गरेपछि पनि दायाँबायाँ गर्न खोजेको उनको दाबी छ । प्रचण्डले कांग्रेससँग फेरि नयाँ खालको लसपस सुरु गरेको आरोप लगाए । कांग्रेससँग लसपस थाहा पाएर एमाले पनि झस्किँदा अहिलेको परिस्थिति निर्माण भएको उनले सुनाए । ‘प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन,’– उनले भने ।