काठमाडौं १९ असार
देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, मधेस, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुने महाशाखाको अनुमान छ । राती भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा ३२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै जनकपुरमा १२७ दशमलव ७ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।