मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं१८ असार

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ।मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएकाे सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न  बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुबै दलका नेताहरुको भनाइ छ ।