काठमाडौँ १८ असार
रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार दिउँसो भएको दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन।
पाँच जना गम्भीर घाइते भएकाे प्रारम्भिक जानकारी प्राप्त भएकाे छ। घाइतेकाे घर्तीगाउँ अस्पतालमा उपचार भइरहेकाे छ।
लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं. ४ स्थित परेवा छहरामा करिब ४०० मिटर तल खसेको हाे ।