रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते

काठमाडौँ  १७ असार 

रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा ११ जना यात्रु गम्भिर घाइते भएका छन्।

उनीहरूको उद्धार गरी उपचारका लागि अहिले अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिए।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको जानकारी दिए।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। केहीको मृत्यु भएको आशंका गरिएको छ।