काठमाडौं १६ असार
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बधाई दिँदै करणलाई सारंगी उपहार दिएका हुन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि करणलाई बालुवाटारमा बोलाएर सम्मान गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले करणलाई गितार उपहार दिएका थिए ।