चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

चितवन १६ असार

भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् ।

बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका   ५६ वर्षीय चिनियाँ नागरिक बियान चाङ्क्सिन  आज बिहान ८ बजेर ५५ मिनेटमा  बर्षना होटलको कोठाभित्र मृत भेटिएका हुन् ।

उनी यही असार १० गतेदेखि सो होटलमा बसेर  बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।