१५असार
गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुर, उनकी श्रीमती, जेठी बुहारी र दुई नामालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली विक, बुहारी ३० वर्षीया सिता विक, नातिनीहरु सात वर्षीया सपना विक र दुई वर्षीया विपना विकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ।